काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन।
महाशाखाका अनुसार कोशी प्रदेश, बागमती प्रदेश र कर्णाली प्रदेशका हिमाली भू–भागमा आंशिक बदली रहे पनि बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ।
आज दिउँसो देशभर मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ। यस्तै, आज राति पनि देशभर मौसम मुख्यतया सफा नै रहने पूर्वानुमान गरिएको छ।






