हेटौंडा:७०औं प्रहरी दिवसको अवसरमा बागमती प्रदेश प्रहरी कार्यालय, हेटौंडाबाट एक विशेष सम्मान कार्यक्रमको आयोजना गरिएको छ। कार्यक्रममा कार्यालय प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) अरुण पौडेलले हेटौंडा नगर क्षेत्रमा शान्ति सुरक्षा कायम गर्न उल्लेखनीय योगदान पुर्याएको भन्दै हेटौंडा वडा प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक प्रज्वल थपलियालाई “प्रशंसा पत्र” प्रदान गरेका छन्।
प्रहरी निरीक्षक थपलियाले कुशल व्यावसायिक क्षमता प्रदर्शन गर्दै कार्यालयको सञ्चालन तथा व्यवस्थापन उत्कृष्ट ढंगले गर्नुका साथै, प्रतिकूल परिस्थितिमा समेत समन्वयात्मक रूपमा प्रभावकारी प्रहरी परिचालन मार्फत समाजमा शान्ति र सुरक्षा कायम गर्न उल्लेखनीय भूमिका निर्वाह गरेका थिए।
उक्त सम्मानसँगै उनको योगदानको उच्च मूल्याङ्कन गर्दै कार्यक्रमका सहभागीहरूले हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेका छन्।
कार्यक्रममा विभिन्न सुरक्षा निकाय, सरकारी अधिकारी, स्थानिय प्रतिनिधि तथा समाजसेवीहरूको उपस्थिति रहेको थियो।






