हेटौँडा । पोल्याण्ड पठाइदिने भन्दै रकम उठाएको आरोपमा हेटौँडास्थित आस्था इन्टरनेसनल कन्सल्टेन्सी विवादमा तानिएको छ। कन्सल्टेन्सीले दुई वर्षअघि लक्ष्मी तामाङ र सरिता घिमिरेसँग क्रमशः एक लाख र एक लाख पचास हजार रुपैयाँ लिएको तर हालसम्म विदेश नपठाई रकम पनि नफर्काएको पीडितहरूले आरोप लगाएका छन्।
पीडित लक्ष्मी तामाङका अनुसार कन्सल्टेन्सीले पटक–पटक बहाना बनाउँदै रकम फिर्ता गर्न आनाकानी गरिरहेको छ। उनले तत्कालै पीडितलाई न्याय दिलाउन र ठगीमा संलग्नहरूको कारबाहीको माग गरेकी छिन्।






