हेटौंडा । बागमती प्रदेशसभाको बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद उद्धव थापा आक्रोशित बनेका छन्। सभाको रोस्टममै उभिएर उनले कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको ऐतिहासिक र अभिन्न भूभाग भएको स्पष्ट गर्दै भारत र चीन दुवैले यसलाई सदुपयोग गर्न नपाउने चेतावनी दिए।
सांसद थापाले नेपालको सार्वभौमसत्ता र भौगोलिक अखण्डतामाथि कसैसँग सम्झौता गर्न नसकिने जिकिर गर्दै प्रदेशसभामै कडा आवाज उठाएका थिए। उनले नेपाल सरकारले राष्ट्रिय स्वाभिमानलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने र सीमा सम्बन्धी विवादलाई समाधान गर्न कूटनीतिक पहल गर्नुपर्नेमा जोड दिए।
उनले भने, “कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालकै भूभाग हो। यो कुनैपनि देशले उपयोग गर्ने ठाउँ होइन। नेपाल सरकारले स्पष्ट रूपमा आफ्नो अधिकार जमाउनैपर्छ।”
सांसद थापाको उक्त भनाइसँगै प्रदेशसभामा अन्य सांसदहरूले पनि समर्थन जनाएका थिए।