हेटौंडा । बागमती प्रदेश सभाका दुई सांसदले मुख्यमन्त्री बहादुर सिंह लामाविरूद्धको अविश्वास प्रस्ताव फिर्ता लिएका छन् ।
सांसद मिना पराजुली र माया श्रेष्ठले प्रदेश संसदीय दलका नेता बहादुर सिंह लामा (तामाङ) विरुद्ध पेस गरिएको अविश्वास प्रस्तावमा आफूहरूको समर्थन नभएको स्पष्ट पारेका छन् ।
‘अविश्वासको प्रस्तावमा हामीसमेतको हस्ताक्षर संकलन गरिएकोमा हामीलाई सो अविश्वासको प्रस्तावको विषयमा जानकारी नै नगराई हस्ताक्षर गराइएकोमा सोमा हामीहरुको असहमति रहेकोले उक्त अविश्वासको प्रस्ताव फिर्ता लिई संसदीय दलका नेता बहादुर सिंह लामा (तामाङ) लाई समर्थन रहेको व्यहोरा अवगत गराउँदछौं’ श्रेष्ठ र पराजुलीले जारी गरेको संयुक्त विज्ञप्तिमा लेखिएको छ ।
३७ जना सांसद रहेको संसदीय दलमा बहादुर सिंह लामाको पक्षमा १८ र इन्द्रबहादुर बानियाँको पक्षमा १९ जना छन् ।