हेटौंडा:किसानको हक, हित र सुरक्षाका लागि समर्पित राष्ट्रिय प्रजातान्त्रिक किसान संगठन मकवानपुरको तेस्रो जिल्ला अधिवेशन यही साउन १७ गते हेटौंडामा हुँदैछ।
जिल्ला कार्य समिति, मकवानपुरको आयोजनामा हुने उक्त अधिवेशन हेटौंडा–६, वंश गोपाल मन्दिरको प्राङ्गणमा बिहान ११:०० बजे देखि सुरु हुनेछ।
अधिवेशनमा किसानका अधिकार, उत्पादन र बजार व्यवस्थापन, सहुलियतपूर्ण कर्जा, बीउ–बिजनको उपलब्धता लगायतका मुद्दाहरूमा छलफल गरिने बताइएको छ।
कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेताहरू, किसान नेताहरू तथा पार्टीका शुभेच्छुकहरूको उपस्थिति रहने अपेक्षा गरिएको छ।