काठमाडौँ । श्री ५ बडा महाराजधिराज ज्ञानेन्द्र वीरविक्रम शाहदेवले सोमबार आफ्नो ७९औँ जन्मोत्सव काठमाडौंको निर्मल निवासमा मनाउनुभयो। जन्मोत्सवको अवसरमा राजावादी समर्थक, राप्रपा नेताहरू, राजपरिवारका सदस्य तथा सर्वसाधारणको बाक्लो उपस्थिति रहेको थियो।
उक्त अवसरमा निर्मल निवास सर्वसाधारणका लागि खुला गरिएको थियो। शुभकामना व्यक्त गर्न पुगेका समर्थकहरूले उहाँलाई पुनः देशको नेतृत्व गर्न आग्रह गर्दै शुभकामना व्यक्त गरेका थिए। सो बेला पूर्वराजा ज्ञानेन्द्र हल्का मुस्कानका साथ प्रतिक्रिया जनाउँदै देखिन्थे।
कार्यक्रममा बोल्दै पूर्वराजा ज्ञानेन्द्रले गहकिलो अभिव्यक्ति दिँदै भन्नुभयो, “नेपालमा जन्मेर मात्रै नेपाली हुँदैन।” उहाँको यस भनाइलाई गहिरो सन्देशका रूपमा लिइएको छ, जसले राष्ट्रिय पहिचान, नागरिक कर्तव्य र संस्कारप्रतिको प्रतिबद्धताको सन्देश दिन्छ।