हेटौँडा । बागमती प्रदेशसभाको बजेटमाथि असन्तुष्टि जनाउँदै राप्रपाका सांसद कुमारी तामाङले रोष्टममै मौन बसेर अनौठो तरिकाले विरोध जनाएकी छन्।
आइतबार बसेको प्रदेशसभा बैठकमा तामाङले कुनै शब्द नबोलीकन ६ मिनेटसम्म मौन बस्दै सरकारको बजेटप्रति असहमति प्रकट गरेकी हुन्।
सांसद तामाङ राप्रपा बागमती प्रदेश संसदीय दलकी प्रमुख सचेतक समेत हुन्। उनले बजेटले जनताको आवश्यकता भन्दा ठेकेदारमुखी र सत्ता केन्द्रित प्राथमिकता दिएको आरोप लगाउँदै मौन प्रर्दशनमार्फत सरकारलाई सन्देश दिने प्रयास गरेकी हुन्।