हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बागमती प्रदेशकी सांसद लक्ष्मी घिमिरेले प्रदेश सरकारमाथि तीव्र आरोप लगाएकी छन्।
प्रदेशसभामा बोल्दै सांसद घिमिरेले भनिन्, “बागमती प्रदेश सरकार जनताको करबाट सञ्चालित होइन, अब त मिलीजुली खाने स्थल बनेको छ।” उनले बजेट निर्माणमा जनताको आवश्यकता होइन, सत्ता गठबन्धनको भागबन्डा हावी भएको स्पष्ट पारिन्।
उनको आरोप छ कि बजेट नाम मात्रको हो, कार्यान्वयनको कुनै सुनिश्चितता छैन, योजना ठेकेदारमुखी र नेतामुखी मात्र छ। “यो सरकार जनताको होइन, गठबन्धनको सेवामा समर्पित देखिन्छ,” घिमिरेको कडा टिप्पणी थियो।
सांसद घिमिरेले जनताको पैसा दुरुपयोग भइरहेको भन्दै पारदर्शिता र जवाफदेहिताको मागसमेत गरिन्। “जनताको पैसामाथि यस्तो खेलवाड अब सह्य हुने छैन,” उनले भनिन्।
प्रकाशित मिति: २०८२ असार २२, आईतवार ०६:४६