हेटौंडा : राष्ट्रिय प्रजातान्त्रिक महिला संगठन हेटौंडा उपमहानगरपालिका वडा नम्बर २ को संयोजकमा हिरा चौरेल निर्वाचित भएकी छन्। संगठनको वडा स्तरीय भेलाबाट सर्वसम्मत रूपमा चौरेललाई संयोजक चयन गरिएको हो।
भेलाले वडास्तरीय समिति पनि गठन गरेको छ, जसमा महिला सशक्तीकरण, नेतृत्व विकास र संगठन विस्तारलाई प्राथमिकता दिने लक्ष्य लिइएको छ।
कार्यक्रममा राप्रपा बागमती प्रदेश प्रमुख सचेतक कुमारी तामाङले बोल्दै, “वडा–वडामा महिला संगठन विस्तार तीव्र गतिमा अगाडि बढिरहेको छ,” भन्दै सबै महिलालाई नेतृत्व तहमा ल्याउने उद्देश्यले वडा–स्तरमा समिति गठन गरिएको बताइन्।
संयोजकमा निर्वाचित हिरा चौरेललाई साथै नवगठित समितिका सम्पूर्ण पदाधिकारीहरूलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरिएको थियो।
कार्यक्रममा राप्रपाका बागमती प्रदेश सांसद नुरज बज्राचार्य, कुमारी तामाङ बागमती प्रदेश सचिव गुञ्जनबहादुर न्यौपानी राष्ट्रिय प्रजातान्त्रिक महिला संगठन केन्द्रीय सचिव सरस्वती केसी थिङको उपस्थिति रहेको थियो। उनीहरूले महिला नेतृत्व विकासका लागि संगठनले खेल्ने भूमिकाको सराहना गर्दै आगामी दिनमा अझ प्रभावकारी कार्यक्रम सञ्चालन गरिने प्रतिबद्धता जनाए।