हेटौंडा: बागमती प्रदेश सरकारद्वारा प्रस्तुत बजेटमाथि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले कडा आपत्ति जनाएको छ। राप्रपा बागमती प्रदेश संसदीय दलकी प्रमुख सचेतक सांसद कुमारी तामाङले संविधानको धारा २००७ बमोजिम बजेट प्रस्तुत गरिएको भए पनि त्यसको वैधानिकता र औचित्यमाथि गम्भीर प्रश्न उठ्न थालेको बताएकी छन्।
उनका अनुसार, “संविधानसम्मत प्रक्रिया अपनाएको भन्दै सरकारले प्रस्तुत बजेटलाई वैधानिक ठहर गर्न सकिँदैन जबसम्म बजेट कार्यान्वयन, समावेशिता र निष्पक्षताको आधारमा स्पष्ट दृष्टिकोण देखिन्न।”
सांसद तामाङले प्रदेश सरकारको बजेटलाई असमानुपातिक, वर्गीय र क्षेत्रीय रूपमा विभेदपूर्ण भन्दै आलोचना गरिन्। उनले भनिन्, “यो बजेट जनताको विश्वास जित्न होइन, सत्ताको उपयोग गरेर केही सीमित क्षेत्र वा समूहलाई फाइदा पुर्याउने योजनामा केन्द्रित छ।”