हेटौंडा।हेटौंडाको राप्तिरोडमा गएराती भएको मोटरसाइकल दूर्घटनामा एक पुरुषको ज्यान गएको छ।
धनुषाको जनकपुर नगरपालिका-४ का ४५ वर्षिय दीपेन्द्रकुमार झाको दूर्घटनामा ज्यान गएको हो।
प्रहरीका अनुसार झा ना४३प ४५१५ नम्वरको मोटरसाइकलमा बुद्धचोकबाट थानाभर्याङतर्फ जाँदै गर्दा राती ११ बजेर २० मिनेटको समयमा दूर्घटनामा परि गम्भीर घाईते भएका थिए।