काठमाडौं : बागमती प्रदेशकी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद कुमारी तामाङले नेपाललाई पुनः हिन्दू राष्ट्र घोषणा गर्नुपर्ने र संवैधानिक राजसंस्था पुनर्स्थापना गर्नुपर्ने माग गर्दै नेपाली जनता शान्तिपूर्ण आन्दोलनमा रहेको बताएकी छिन्।
सांसद तामाङले बागमती प्रदेश सभाको बैठकमा बोल्दै भनिन्, “हामी हिन्दू राज्य र राजसंस्था स्थापनाको मागसहित शान्तिपूर्ण आन्दोलनमा छौँ। देशको इतिहास, संस्कृति, र पहिचान जोगाउन हिन्दू राष्ट्र अपरिहार्य छ।”
उनले गणतन्त्र व्यवस्थापछि मुलुकमा राजनीतिक अस्थिरता, भ्रष्टाचार, र सामाजिक विघटन बढेको उल्लेख गर्दै राप्रपाको विकल्प देशले खोजिरहेको दाबी गरिन्। “जनताको आशा र विश्वास फेरि पनि राष्ट्रवादी शक्तातर्फ फर्किएको छ,” सांसद तामाङले थप भनिन्।
राप्रपाले देशभर जनजागरण अभियान चलाउँदै हिन्दू राष्ट्र र संवैधानिक राजसंस्थाको पक्षमा समर्थन जुटाइरहेको छ। पार्टीका शीर्ष नेताहरूले समेत विभिन्न कार्यक्रममार्फत आन्दोलनलाई सशक्त बनाउने घोषणा गरिसकेका छन्।
प्रकाशित मिति: २०८२ जेष्ठ २१, बुधबार १६:१२