काठमाडौं । व्यवस्थाको परिवर्तन गर्ने लक्ष्यसहित आन्दोलन थालेका राजावादी समूहले शनिबार राजधानी काठमाडौंमा प्रदर्शन गरेका छन्।
राजावादीहरू नारायणहिटी दरबार परिसरमा प्रदर्शन गर्ने तयारीमा थिए। तर, काठमाडौं जिल्ला प्रशासन कार्यालयले सो क्षेत्रमा निषेधाज्ञा जारी गरेपछि ‘संयुक्त जनआन्दोलन समिति’ले कार्यक्रम स्थल परिवर्तन गर्दै शान्तिवाटिका (रत्नपार्क) मा प्रदर्शन गरेका हुन्।
शान्तिवाटिकामा भेला भएका प्रदर्शनकारीहरूले नाराबाजी गर्दै बालुवाटारतर्फ र्याली निकालेका थिए। र्यालीको क्रममा त्रिचन्द्र क्याम्पस अगाडि केहीबेर धकेलाधकेल समेत भएको थियो।