हेटौँडा:राजावादीहरुले हेटौँडामा विशाल रयाली निकालेर जनप्रर्दशनी गरेका छन । राजावादी मोर्चाद्धारा आयोजना गरिएको विशाल जनप्रर्दशनीमा हजारौको सहभागिता रहेको थियो ।करिव १ हजार ५ सय बढी मोटरसाइकिल १ सय बढी कार रयालीमा सहभागिता रहेको थियो ।
हेटौँडाको सानोपोखरावाट दिउँसो ४ वजे शुरु भएको मोटरसाईकिल रयाली ओमभवन, शितलमहल चोक, बसपार्क, एसपी कार्यालय र लोकप्रिय चोक,कमाने,नागस्वती चोक,गौरीटार चोक हुँदै फेरि पार्टी कार्यालयमा पुगेर कोण सभामा परिणत भएको थियो ।
जनप्रदर्शनमा राजा ल्याउ देश बचाउ, गणतन्त्र धोका हो राजतन्त्र जिन्दावाद, २०४७ सालको संम्बिधान लागु गर गणतन्त्र खारेज गर भन्ने नारा सहितको जनप्रर्दशनले हेटौँडा सहित मकवानपुरको मुख्य सडक तताएको थियो । हजारौ मानिस सडकमा उत्रिएपछि हेर्नेहरुको समेत उल्लेख्य सहभागिता रहेको थियो ।