हेटौंडा । श्री ५ महाराज दिराज ज्ञानेन्द्र वीरविक्रम शाह १७ बर्ष पछि नारायणहिटी दरबार जानुभएको छ । २०६५ जेठ १५ गते संविधानसभाबाट राजतन्त्र अन्त्य भएपछि राजा ज्ञानेन्द्र वीरविक्रम शाह पहिलो पटक नारायणहिटी दरबार पुग्नुभएको हो। उनी नाति हृदयेन्द्र शाहलाई लिएर सनिबार नारायणहिटी जानुभएको हो ।
राजा ज्ञानेन्द्र शाहको संवाद सचिवालयले जनाए अनुसार नाति हृदयेन्द्रले हजुरआमा रत्नलाई भेट्ने इच्छा गरेपछि ज्ञानेन्द्र नारायणहिटी पुगेका हुन्। पत्नी काेमल सहित नारायणहिटी पुगेका ज्ञानेन्द्रका साथमा डा.जगमान गुरुङ पनि सँगै रहेका थिए।
देशमा गणतन्त्र स्थापना पछि राजपरिवारका सबै सदस्यले दरबार छोडे पनि रत्नाले भने त्यही महेन्द्र मंजिलमै रहने इच्छा व्यक्त गरेकी थिइन्। नेपाल सरकारले पनि उनको इच्छालाई सम्मान गर्दै नारायणहिटीमै बस्न अनुमति दिएको थियो।