मकवानपुर: राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) हेटौंडा उपमहानगर कमिटीको सातौं नगर अधिवेशनले अरुण लामाको अध्यक्षतामा २५ सदस्यीय नगर समिति चयन गरेको थियो ।
आज हेटौंडा–२ स्थित सानोपोखरामा रहेको पार्टी कार्यालयमा सम्पन्न पहिलो बैठकले नयाँ पदाधिकारीहरूको टुंगो लगाएको छ। बैठकले तीन जना उपाध्यक्ष, तीन जना सचिव र एक जना कोषाध्यक्ष चयन गरेको हो।
उपाध्यक्षमा जीवन अधिकारी, हिरा प्रसाद पौडेल (जयराम) र सीता दाहाल चयन भएका छन्।
श्याम श्रेष्ठ सचिवमा चयन भएका छन् भने बिनोद कुमार थापा र जानुका डवाडी सह सचिवमा चयन भएका हुन्।
त्यसैगरी, सुकुन्द प्रसाद आचार्य कोषाध्यक्षमा चयन भएका छन्।