हेटौंडा– बागमती प्रदेश सभाको हालै सम्पन्न बैठकमा प्रतिपक्ष दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद कुमारी तामाङले प्रदेश सरकार र संघीयता खारेज गर्नुपर्ने माग उठाएकी छिन्।
सांसद तामाङले संघीय संरचनाले मुलुकमा आर्थिक बोझ मात्र बढाएको, जनताले सेवा–सुविधा पाउन नसकेको, र शासन प्रणाली झन् जटिल बनाएको आरोप लगाउँदै एकात्मक शासन प्रणालीमै फर्कनुपर्ने धारणा व्यक्त गरिन्।
उनले स्पष्ट भनिन्,
“संघीयता नेताहरूको पदको भागबन्डाको माध्यम मात्रै बनेको छ। प्रदेश सरकारको कुनै आवश्यकता छैन। मुलुकले धान्न नसक्ने यो ढाँचा अब खारेज गरिनुपर्छ।”
प्रकाशित मिति: २०८२ जेष्ठ ८, बिहीबार ११:४२