हेटौंडा: बागमती प्रदेशकी सांसद आशा लामाले नेपालमा हिन्दू राष्ट्र र राजसंस्था पुनःस्थापनाका लागि सडक र सदन दुवै माध्यमबाट आन्दोलन चर्काउने घोषणा गरेकी छन्।
उनले भनिन्, “हिन्दू राष्ट्र र राजसंस्था स्थापना नभएसम्म हामी सडक र सदन दुवैबाट आवाज उठाइरहनेछौं।” लामाले वर्तमान व्यवस्था राष्ट्रको मौलिक पहिचान मेटाउने दिशामा रहेको भन्दै तीव्र असन्तुष्टि व्यक्त गरिन्।
सांसद लामाको भनाइ अनुसार, जनताको इच्छाअनुसार देशले आफ्नो सांस्कृतिक, धार्मिक र ऐतिहासिक मूल्य–मान्यता अनुसारको शासन व्यवस्था रोज्न पाउने अधिकार सुनिश्चित गर्नुपर्नेछ।