हेटौंडा: राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बागमती प्रदेश संसदीय दलका नेता तथा पूर्वमन्त्री उध्दब थापाले सांसद पद देश र जनताको सेवा गर्नका लागि लिएको स्पष्ट पारेका छन्।
प्रदेश सभाको बैठकमा बोल्दै सांसद थापाले भने, “हामी सांसद पद आर्जन गरेर अधिकारको दम्भ देखाउन होइन, जनताको सेवा र देशको समृद्धिका लागि काम गर्न आएका हौं।”
उनले जनताको विश्वास जित्न र मुलुकको समग्र विकासमा राप्रपाले सकारात्मक भूमिका खेल्ने पनि बताए।