हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बागमती प्रदेश संसदीय दलका प्रमुख सचेतक कुमारी तामाङले तिनकुने घटनामा सरकारको दमन निन्दनीय भएको बताउनु भएको छ ।
मंगलबार बसेको प्रदेश सभाको बैठकमा बोल्नुहुँदै सांसद तामाङले संकटकालको अवस्थामा पनि देशमा भइरहेको यो भ्रष्ट अवस्थालाई नफाली देशमा सुशासन कायम हुन नसक्ने बताउँदै यसमा सबैले आ–आफ्नो स्थानबाट साथ र सहयोग गर्नुपर्ने बताउनुभयो ।
तिनकुने घटनामा सरकारको दमनका कारण घटना घटेको बताउँदै शान्तिपूर्ण आन्दोलनमा सरकारको दमन निन्दनीय रहेको र यसको स्वच्छ छानविनको लागि सरकारसँग जोडदार माग गर्नुभयो । साथै उक्त घटनामा पक्राउ परेका राष्ट्रवादी कार्यकर्ताहरुलाई विनाशर्त रिहाइको माग गर्नुभयो ।