हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज पनि बस्नेगरी बोलाइएको छ । हिजो प्रदेशसभामा प्रतिनिधित्व गर्ने प्रमुख दलका नेताहरुले शुभकामना मन्तव्य दिएर स्थगित भएको बैठक आज बिहान ११ बजेका लागि बोलाइएको छ ।
प्रदेशको सत्तापक्ष समक्ष पहिले प्रतिपक्षि दलले गरेका सहमती कार्यान्वयन नभएको भन्दै बैठक बस्न सकेको छैन । अहिले पनि नेकपा माओबादी केन्द्र लगायतका प्रतिपक्षि दलहरुले बैठक राख्नका लागि आफ्ना माहरु पुरा गर्नका लागि सरकारलाई दवाव दिइरहेका छन् ।
बागमती प्रदेशसभा सञ्चालनको लागि सत्तापक्ष र प्रतिपक्ष दलहरू बिचको विवादले समस्या बनिरहेको छ । संसद् सञ्चालनको चाबी चालु आर्थिक वर्षको बजेट कार्यक्रममा अड्किएको छ । सत्तापक्ष र प्रतिपक्ष दलहरू बिचको बजेट माथिको विवादका कारण संसद् बैठक बन्धक जस्तै बनेको छ ।
एकातर्फ सरकार संसद् आह्वान गरेर छलफल गर्न अघि बढेको छ भने विगतको सहमति कार्यान्वयनमा चासो नदेखाउँदा प्रतिपक्ष दल चिढ्याउँदै आएको छ । प्रतिपक्ष दल पनि विगत देखि नै एकै मुद्दामा अडान लिएर बसिरहेका छन् ।
बजेट पारित गर्दाको बखतमा भएका लिखित सहमति र सो पछिका सर्वदलीय बैठकको सहमति कार्यान्वयन गर्न उनीहरुले काम गरिहरेका छन् । सोही मागदावीका बिच गत चैत १९ गते आह्वान भएको हिउँदे अधिवेशन अन्तर्गतको प्रदेशसभा बैठक बस्न सकेन । सोही विषयमा छलफलका लागि आह्वान भएको सर्वदलीय बैठक पनि निष्कर्ष विहीन बनेपछि संसद् अधिवेशन नै बन्द गर्ने निर्णयमा सरकार पुगेको थियो ।