हेटौंडा : राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय प्रवक्ता एवं माननीय ज्ञानेन्द्र शाहीले शनिवार हेटौंडा सिमेन्ट उद्योगको स्थलगत अनुगमन गरेका छन् ।
माननीय शाहीले हेटौंडा सिमेन्ट उद्योगको अवस्था सुधारका लागि संघीय सरकारसँग पहल गर्ने बताएका छन् । उनले पछिल्लो समयमा धराशायी बन्दै गएको उक्त सिमेन्ट उद्योगको पुन जागरणका लागि संघीय सरकारसँग पहल गर्ने बताएका हुन् ।
हेटौंडा सिमेन्ट उद्योगको स्थलगत अनुगमन गर्दै माननीय शाहीले उत्पादन र रोजगारी सृजना गर्न उद्योग पूर्णरुपमा सञ्चालन गर्नुपर्ने त्यसका लागि आफुले संघीय सरकारसंग समन्वयकारी भूमिका निर्वाह गर्ने बताएका छन् ।
प्रकाशित मिति: २०८२ जेष्ठ ३, शनिबार १२:२९