हेटौंडा । हेटौंडाको तिरतिरेधारा नजिक वाल निर्माण गर्ने क्रममा खानेपानी पाइपमा क्षति पुगेको छ । यसका कारण पानी वितरणको काम अवरुद्ध समेत अवरुद्ध बनेको छ । हेटौंडा उपमहानगरपालिका वडा नंंबर– १ को तिरतिरे धारा देखि करिबएक सय मिटर उत्तर तर्फ सडक डिभिजन कार्यालयबाट सामरी खोलपट्टी रिटेनिङ्ग वाल निर्माण गर्ने क्रममा खानेपानीको पाइपमा क्षति भएको र आज र भोली बिहान पानी वितरणको काम बन्द हुन पुगेको हेटौंडा खानेपानी व्यावस्थापन बोर्डका अध्यक्ष प्रताप विष्टले बताए ।
बोर्डको मुख्य खानेपानीको स्रोत सामरी समवेल तथा बुङ्गदल मुहानबाट उत्पादित पानी वितरणको लागि विच्छाइएको १४ इन्चको करिब १५ मिटर डिआई पाइप क्षतिग्रस्त भएकोले यथाशिघ्र मर्मतको कार्य भईरहेको हुँदा आज साँझ देखि भोली बिहान सम्म हेटौंडाको हरिकुञ्ज पानी टंकीबाट पानी वितरण हुने क्षेत्र अन्तर्गत हेटौंडा नगरको मुख्य बजार क्षेत्रमा खानेपानी आपूर्ति अबरुद्ध हुने हेटौंडा खानेपानी व्यवस्थापन बोर्ड, हेटौंडा, मकवानपुरका सूचना अधिकारी संजय कुमार न्यौपानेले बताए ।