मकवानपुर : राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको हेटौंडा नगर अधिवेशन अगामी जेठ ३ गते हुने भएको छ । शनिबार बसेको नगर कमिटीको बैठकले नगर अधिवेशन ३ जेठमा गर्ने निर्णय गरेको नगर अध्यक्ष अरुन लामाले जानकारी दिए ।
उनकाअनुसार नगर अधिवेशनका लागि १ जेठमा एकै दिन १९ वडामा अधिवेशन प्रतिनिधि चयन गर्ने निर्णय समेत भएको छ ।
अधिवेशनको उद्घाटन राप्रपाका केन्द्रीय सदस्य एवं पूर्वाधार विकास समिति सभापति माननीय दिपक बहादुर सिंहले गर्ने भएको छन् ।