आँखामा सजाएका सपनाहरु,
दिलमा बसाएका कल्पनाहरु।
पुरा हुन सकेन कुनै चाहनाहरु,
प्रिय, तिमी नै भन म के गरु ।
मनमा आँधीका झोकाहरु चल्छन,
चाहनाका भाव आगो सरी बल्छन ।
आत्माले भन्छन अघी सरु सरु,
प्रिय, तिमी नै भन म के गरु ।
भित्र छन धेरै हल्ली खल्ली,
सम्झना आँछन झल झली ।
फेरी एक हुने हो की बरु,
प्रिय, तिमी नै भन म के गरु ।
सम्झी सम्झी यो तन रोगी भयो,
नशाका रगत सबै सुकेर गयो ।
बेस हुन्थ्यो हामी न भेटेकै बरु,
प्रिय, तिमी नै भन म के गरु ।