काठमाडौं । गायिका तथा संगीतकार झुमा लिम्बूले चलचित्र ‘जार’मा आफूले चाहेजस्तो खुलेर काम गर्न पाएको बताएकी छन् । साढे दुई दशकपछि आफूले भनेजस्तो काम गर्न पाएको बताएकी हुन् ।
‘म्युजिक गर्दै जाँदा, काम गर्दै जाँदा ठिक मैले भनेको जस्तो काम गर्न पाएको प्लेटफर्म चलचित्र हो जार,’ झुमा भन्छिन्, ‘मैले गरिरहेको खालको म्युजिक गर्नुपर्यो भन्दै मान्छे आएपछि मैले नाइँ भन्ने कुरै आएन । त्यसैले जारमा काम गरेँ ।’
आफ्नो सांगीतिक करियरको २५ वर्षमा आएपछि भनेजस्तो काम गर्न पाएको र चित्त बुझेको उनको भनाइ छ । ‘२५ वर्षमा आइसकेपछि जारमा गरेको काम चित्त बुझेको छ । पूरै त चित्त बुझ्दो रहेनछ । अलिअलि चाहिँ चित्त बुझेको छ,’ झुमा भन्छिन्, ‘जारमा अलिअलि चाहिँ काम गर्ने ठाउँ पाएँ भन्ने लाग्छ ।’
प्रकाशित मिति: २०८२ बैशाख २५, बिहीबार ०४:३३