मकवानपुर । मकवानपुरको राक्सिराङ्ग गाउँपालिकामा बोलेरो दुर्घटना भएको छ ।
बुधबार विहान अन्दाजी ८:१५ बजेको समयमा राक्सिराङ्ग गाउँपालिका-९ अठारे स्थित भित्री सडक खण्डमा खैराङबाट मनहरी तर्फ आउदै गरेको बा १५ च १३३३ नम्बरको बोलेरो अचानक सडकदेखि ५० मिटर तल खसेर दुर्घटनामा परेको हो ।
दुर्घटनामा परेर ९ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । ९ मध्ये ६ जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले बताउनुभयो ।
घाइते मध्ये राक्सिराङ गाउँपालिका-९ बस्ने बर्ष १६ को हिमाल बस्नेत टाउकोमा चोट (अबस्था गम्भिर) , सोही स्थान बस्ने बर्ष ३५ को बुद्धिमान घलान टाउकोमा चोट अवस्था (अबस्था गम्भिर) बर्ष ७५ को डिल ब.घलान टाउकोमा चोट ( अबस्था गम्भिर), निजको श्रीमति बर्ष अन्दाजि ६५ को फुलमाया घलान टाउको र शरीरको बिभिन्न भागमा चोट (अवस्था गम्भिर ), बर्ष ३८ कि रुप बहादुर राउत टाउकोमा चोट (अबस्था गम्भिर), बर्ष ४८ को दिपक खड्का टाउको र शरीरको बिभिन्न भागमा चोट (अवस्था गम्भिर) रहेका छन् ।
त्यस्तै बर्ष ५० को सुर्य अधिकारी (हातमा चोट अवस्था मध्यम )। बर्ष १४ को कुमार तामाङ (टाउकोमा चोट मध्यम)र बर्ष २८ को सुजन तामाङ (हात खुट्टामा सामान्य चोट) रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार घाईतेहरुलाई स्थानियबासिको सहयोगमा उद्धार गरी उपचारको लागी मनहरी अस्पताल पठाइएको छ ।