हेटौंडा । हेटौंडा फलफूल तथा तरकारी बजार विकास समितिले आज (बुधबार) का लागि तरकारी तथा फलफूलको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ। समितिले सार्वजनिक गरेको मूल्य सूची हेटौंडासहित देशभरका थोक बजारलाई आधार मानेर तय गरिएको जनाएको छ।
समितिका अनुसार आज गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो १०० रुपैयाँ, गोलभेँडा ठूलो (भारतीय) ९० रुपैयाँ, गोलभेँडा सानो (लोकल) ६० रुपैयाँ, सानो (टनेल) ९० रुपैयाँ, सानो (भारतीय) तथा तराई क्षेत्रको गोलभेँडा प्रतिकिलो ८० रुपैयाँ तोकिएको छ। आलु रातो ३५ रुपैयाँ, आलु रातो (भारतीय) २८ रुपैयाँ, आलु सेतो २८ रुपैयाँ र सुकेको प्याज (भारतीय) ४८ रुपैयाँ प्रतिकिलो कायम गरिएको छ।
यस्तै, गाजर (लोकल तथा तराई) ६० रुपैयाँ, बन्दा (लोकल) ४५ रुपैयाँ, बन्दा (तराई) ४० रुपैयाँ, बन्दा (नरिवल) ४५ रुपैयाँ, काउली स्थानीय ५५ रुपैयाँ र काउली तराई ५० रुपैयाँ निर्धारण गरिएको छ। रातो मूला ३५ रुपैयाँ, सेतो मूला (लोकल) १५ रुपैयाँ र हाइब्रिड सेतो मूला २० रुपैयाँ रहेको छ।
तरकारीतर्फ भन्टा लाम्चो ६० रुपैयाँ, भन्टा डल्लो ८० रुपैयाँ, तने बोडी १६० रुपैयाँ, मकै बोडी ७० रुपैयाँ, मटरकोसा १२० रुपैयाँ, घिउ सिमी (लोकल) ९० रुपैयाँ, हाइब्रिड ७५ रुपैयाँ र राजमा १२० रुपैयाँ तोकिएको छ। टाटे सिमी र तितो करेला प्रतिकिलो १२० रुपैयाँ, लौका ५० रुपैयाँ र फर्सी पाकेको ३० रुपैयाँमा कारोबार भइरहेको छ।
सागसब्जीतर्फ रायोसाग ३० रुपैयाँ, पालुङ्गो साग र चमसुर १०० रुपैयाँ, तोरीको साग ४० रुपैयाँ, मेथीको साग १०० रुपैयाँ र हरियो प्याज ५० रुपैयाँ प्रतिकिलो कायम गरिएको छ।
फलफूलतर्फ स्याउ (झोले) २०० रुपैयाँ, फुजी स्याउ २७० रुपैयाँ, केरा (दर्जन) १८० रुपैयाँ, कागती ९० रुपैयाँ, अनार ३५० रुपैयाँ, नेपाली सुन्तला ८० रुपैयाँ, तरबुजा ९० रुपैयाँ र जुनार ११० रुपैयाँ प्रतिकिलो तोकिएको छ। साथै, स्ट्रबेरी ४५० रुपैयाँ र आभोकाडो २५० रुपैयाँ प्रतिकिलो निर्धारण गरिएको छ।
समितिले सार्वजनिक गरेको मूल्य थोक बजारका लागि लागू हुने हुँदा खुद्रा बजारमा भने मूल्य फरक पर्न सक्ने जनाएको छ।






