धनुषा।मधेस प्रदेश सरकारका नवनियुक्त मुख्यमन्त्री जितेन्द्रप्रसाद सोनलले पद तथा गोपनीयताको शपथ लिएका छन् ।आज प्रदेश प्रमुखको कार्यालयमा आयोजित एक समारोहबीच मुख्यमन्त्रीमा नियुक्त भएका सोनलले प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी समक्ष पद तथा गोपनीयताको शपथ लिएका हुन् ।
प्रदेश प्रमुख भण्डारीले उनलाई नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम सोनललाई बुधबार साँझ पाँच दलको ५६ जना प्रदेशसभा सदस्यको समर्थनमा मुख्यमन्त्री पदमा नियुक्त गरेकी थिइन् ।
यस्तै अजै मधेस प्रदेश सरकारका नव नियुक्त दुई मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
प्रदेश प्रमुखको कार्यालयमा आज आयोजित एक समारोहबीच जनमत पार्टीका संसदीय दलका नेता महेशप्रसाद यादव र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) प्रमुख सचेतक कनिष पटेलले विना विभागीय मन्त्रीका रुपमा पद तथा गोपनीयताको सपथ लिएका हुन्।
बुधबार पाँच दलको ५६ जना प्रदेशसभा सदस्यको समर्थनमा सोनल मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।






