मकवानपुर: नेपाल मजदुर किसान पार्टीका सांसद माननीय सुरेन्द्रराज गोसाईले गाउँदेखि सहरसम्म उज्यालोमा नदेखिने, रात पर्नासाथ बाहिर निस्कनेहरुलाई जनताले चोर भन्न थालेको टिप्पणी गरेका छन्।
बागमती प्रदेशसभामा बोल्दै गोसाईले भने, “गाउँघरतिर होस् या सहर बजारतिर — जब उज्यालो छ, त्यतिबेला लुकेर बस्ने अनि रात परेपछि निस्केर गतिविधि गर्नेहरुलाई सामान्य जनताले सरल भाषामा ‘चोर’ भन्छन्।”
उनले यस्तो शैलीमा काम गर्ने व्यक्ति वा समूहप्रति कटाक्ष गर्दै जनउत्तरदायित्वको भावना हुनुपर्ने बताए। उनले शासन प्रणालीमा पारदर्शिता, जवाफदेहिता र जनताको आँखाबाट नडराउने व्यवहार विकास गर्नुपर्नेमा जोड दिए।