हेटौंडा:बागमती प्रदेश सरकारको आगामी वर्षको बजेटप्रति प्रदेशसभा सदस्य तथा राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा बागमती प्रदेश संसदीय दलको उपनेता माननीय गिर बहादुर तामाङ(ज्ञानजन)ले कडा आपत्ति जनाएका छन्।
प्रदेश सभामा बोल्दै सांसद तामाङले सरकारले ल्याएको बजेटलाई “ढोका नदेखेको बजेट” भन्दै कटाक्ष गरे। उनले भने, “यो बजेटले जनताको घरको ढोका देखेको छैन, जनताको जीवन र आवश्यकतालाई छोएको छैन। केवल कागजमा लेखिएको सपना हो।”
उनले बजेटमा गरिब, मजदुर, किसान, विद्यार्थी र युवाका पक्षमा ठोस कार्यक्रम नआएको भन्दै सरकारको दृष्टिकोण नै जनमुखी नभएको आरोप लगाए। तामाङले सत्तापक्षलाई लक्षित गर्दै भने, “यो बजेट शासकका लागि हो, जनता र प्रदेशका लागि होइन।”
सांसद तामाङले बजेट पुनर्विचार गर्न माग गर्दै योजना निर्माणमा जनसहभागिता, क्षेत्रगत आवश्यकतालाई प्राथमिकता, र खर्चको पारदर्शिता सुनिश्चित गर्नुपर्ने धारणा राखे।
प्रकाशित मिति: २०८२ असार २०, शुक्रबार ०८:४२