मकवानपुर : मकवानपुर जिल्लाको बागमती गाउँपालिका–४ स्थित झुरजुरेमा रहेको एक हुक्का बारबाट खैरो हेरोइनसहित दुई जना युवक पक्राउ परेका छन्।
विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय फापरबारीबाट खटिएको प्रहरी टोलीले सोमबार राति करिब ९ बजे सोनाम घिसिङले संचालन गरेको हुक्का बारमा शंकास्पद अवस्थामा बसेका दुई युवालाई नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेमा बागमती गाउँपालिका–४ निवासी ३० वर्षीय अविनास घलान र २२ वर्षीय अजय घिसिङ रहेका छन्।
प्रहरीले उनीहरूको शरीर तथा लगाएका लुगा खानतलासी गर्दा पाइन्टको खल्तीमा लुकाइछिपाई राखिएको अवस्थामा २२० मिलिग्राम खैरो हेरोइन र ५५ क्याप्सुल ट्रामाडोल बरामद गरेको जनाएको छ।
प्रकाशित मिति: २०८२ जेष्ठ २७, मंगलवार १३:००